उद्योगी व्यापारी र महाधिवेसनका केहि कुराहरु
3:12 AM on Jul. 27, 2008
११ गते शनिवार बेनीको रेडक्रस हल निकै तातिरहेको थियो । त्यहाँ सार्वजनिक सुनुवाई जस्तै चर्का चर्की भैरहेको थियो । प्रसंग हो म्याग्दी उद्योग बाणिज्य संघको म्याग्दी उद्योग बाणिज्य संघको १५ औ साधारणसभा तथा सातौं महाधिबेशनको ।
इतिहासमा अहिलेसम्म सर्वसम्मतीबाटै पदाधिकारीहरु चुनिएका भएपनि यसपाली भने चुनाव नभै नछाड्ने स्थिति देखिन्थ्यो त्यहाँ । बाहिर पक्ष विपक्षमा कुराहरु निकै चलिरहेका थिए । कसैले भन्थे अव म्याग्दी उद्योग बाणिज्य संघ टुट्ने भयो नराम्रोसँग राजनितिको फोहोरी खेल हुने भयो भन्दै थिए भने कोहि एकाधिकारबाट मुक्त हुने भए भन्दै थिए । यि सबै उनीहरुका व्यक्तिगत तर्क थिए ।
माओवादी निकट उद्योग व्यापार संगठन खोलेको आरोपमा संघबाट निलम्वनमा परेका सुवास श्रेष्ठ, कविन्द्रराज जोशी लगायतका केहि व्यक्तिहरु निलम्वन फिर्ता लिन सफल त भए तर त्यो सफलता प्राप्त गर्न कम्ता मेहेनत भने लागेन ।
सभाहल निकै चर्का स्वरहरुले भरिएको थियो । संघको अध्यक्ष प्रमोद श्रेष्ठ भन्दै थिए 'संघ हुँदा हुँदै किन अर्को संगठन खोल्नुपर्ने थियो । यही संघमा मिलेर काम गर्न सकिन्थ्यो नि' उता सुवास श्रेष्ठको तर्कपनि मनासिव नै थियो । उनी भन्दै थिए 'के हामीले यसै संघमा रहेर पनि आफ्ना बैचारिक संगठन खोल्न पाँइदैन त?' उनले स्पष्ट पारे 'उद्योग व्यापार संगठन केवल बैचारिक मत मिल्ने केहि सिमित व्यक्तिहरुको संगठन हो जसले उद्योग बाणिज्य स‍ंघको कामलाई बाधा पुर्र्याउने भनै सहयोग गर्ने मात्र काम गर्नेछ यो संघको प्रतिद्धन्दी हैन'
जे भएपनि अन्तमा दुवै पक्षले आ-आफ्नो गल्ती स्विकार गर्नु उत्तम कुरा भयो । निलम्वन पनि फुकुवा भयो ।

बन्द सत्र सकिएलगत्तै सुरु भयो चुनावी माहौल । ४ जना त अध्यक्षका लागि उमेदवार दिनेमा परे भने ३८ जना सदस्यका लागि । यसपटक इतिहास फेरिने भयो । चुनाव त नभै नछाड्ने भयो । राति ९ बजेसम्म सहमतीको कुनै लक्षण थिएन । धेरैले लख काटिसकेका थिए अव संघमा भाँडभैलो हुनेभयो । जसरी पनि मिलेर जानुपर्छ भन्नेहरु त छँदै थिए कोहि भने चुनाव हुनै पर्छ भन्नेहरुको पनि कमी थिएन ।

अन्तत रातको ९:३० बजे बल्ल बल्ल सहमती हुने कुरा आयो तर यतिबेलासम्म त्यहाँ २ पक्षमात्र बाँकि थियो । २ वटा अध्यक्षमा नाम दिएका उमेरबार त केवल गोटी पो रहेछन दुवैतिरका ।
एकातिर नेपाली काँग्रेस र माओवादीको समुह थियो भने अर्कोतर्फ एमालेको समुह ।
अन्तत दुवैतर्फबाट ५-५ जना समितिमा आउने र बाँकी ६ जना अन्य क्षेत्रबाट ल्याउने कुरामा सहमत भयो । अध्यक्ष त चुनिए उनै पहिलेदेखी दावेदार रहेका सुर्य प्रसाद मर्सानी भने अन्य १५ जना सदस्यहरुको पद बाँडफाँड बैठकले गर्नेछ ।

सर्वसम्मतिको आधारमा चयन भएका नयाँ पदाधिकारीहरु निम्न रहेका छन
अध्यक्ष सुर्यप्रसाद मर्सानी
सदस्यहरु
विजयकुमार श्रेष्ठ
अम्विक श्रेष्ठ
कुविर श्रेष्ठ
सुविन श्रेष्ठ
अमृतलाल श्रेष्ठ
दिपेन्द्र श्रेष्ठ (दिपु)
उत्तम कर्माचार्य
जिवन विश्वकर्मा
कविन्द्रराज जोशी
बेलबहादुर कटुवाल
लोकनाथ रेग्मी
कृष्ण बहादुर खत्री
सिता केसी
दिलकुमार श्रेष्ठ
अमित बानियाँ
अन्जित खाँ

केही तस्विरहरु
photoudhyog1.jpg
उद्धाटन
महासंघ अध्यक्ष कुशकुमार जोशी कार्यक्रम उदघाटन गर्दे
photoudhyog10.jpg
आजबाट निवर्तमान भएं म
आजैबाट निवर्तमान अध्यक्ष हुनुभएका प्रमोद श्रेष्ठ
photoudhyog11.jpg
खाना खानेको लाइन
सभामा उपस्थित सभासदहरु खाना खाने क्रममा
photoudhyog12.jpg
खाना खानेको लाइन
सभामा उपस्थित सभासदहरु खाना खाने क्रममा
photoudhyog13.jpg
विजयको मुस्कान
निर्वाचित अध्यक्ष तथा सदस्यद्धय सुर्यप्रसाद मर्सानी र जिवन कुमार विश्वकर्मा
photoudhyog14.jpg
अव तपाईको जिम्मा
नव निर्वाचित अध्यक्षलाई पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष
photoudhyog2.jpg
नयाँ खेलाडीहरु
म्याग्दी उद्योग बाणिज्य स‍घलाई डोर्र्याउन बनेको नयाँ निर्वाचित समिति
photoudhyog3.jpg
जितको मुस्कान
नयाँ अनुहारः नव निर्वाचित युवा अनुहार अमित बानियाँ र दिपेन्द्र श्रेष्ठ (दिपु)
photoudhyog4.jpg
पुस्तक विमोचन
म्याग्दी उद्योग बाणिज्य स‍घको स्मारिका विमोचन गर्दै महासंघ अध्यक्ष कुश कुमार जोशी
photoudhyog5.jpg
कुश कुमार जोशी
मद्योग बाणिज्य महासंघका अध्यक्ष आर्थिक क्रान्तिका बारेमा बोल्दै
photoudhyog6.jpg
सहभागी सभासदहरु
photoudhyog7.jpg
मायाको चिनो
संघका अध्यक्ष महासंघका अध्यक्षलाई मायाको चिनो प्रदान गर्दै

photoudhyog8.jpg
महाधिवेशन का सहभागीहरु
महाधिवेशन का सहभागीहरु
photoudhyog9.jpg
मेरो नाम छ कि छैन र?

    Back to harikarki's Blog     Report Inappropriate Content

Comments (0)