|
 |
8:53 PM Oct. 24, 2008 -
1 comments
- [ post comment ]
देश विदेशमा रहनु भएका सबै मित्रहरुलाइ गणतन्त्र नेपालको पहिलो शुभ दिपावलीको हार्दिक मगलमय शुभकामना। घमाइलो बिहानीमा चिसो बतासले स्पर्श गर्दा दशै र तिहार आएको सकेट गर्छ। सफा आकासमा चङगा उड्न थाले पछि मानिसहरु आ आफ्नै थाकथलोमा फर्कन हतार हुन्छ। शहर बजारमा सामग्री किन्नेको भिड बिदेश गएकालाइ स्वदेश फर्कनेको हतार यो दशै तिहारको सामाजिक नियम नै जस्तो बेनेको छ। असत्य माथि सत्यको अन्याय माथि न्यायको बिजयको प्रतिकको रुपमा मानिन्छ। नेपालमा आएको गणतन्त्र नेपालको पहिलो दशै र तिहार हो यो त्यसैले नै यो अति बिशेष रुपमा मानिएको छ। तर नेपालको राजनिति परिवर्तनले गर्दा यस्तो महान घडिमा देश जनाताको बारेमा भाग्य लेख्ने बेलामा पनि सधै कुर्चिको मोहले कहिलै छोडेनन। यो सुन्दर ब्यवहारका विचमा अल्पसख्य रुमा राजनैतिक बिवाद उठेका छन तर ति बिवादका कुराहरुलाइ पन्छाइ सबैले स्वतन्त्र रुपमा यो दशै तिहार मनाउँनु पर्छ। एक नेपाली को दुखलाइ आफ्नो दुख सम्झी खुसी सात्नु पर्छ। तराइमा गएको बाढिले धनजनको क्षति हुदाँ हिमाल र पहाड हेरेर बस्नु हुदैन। त्यसलाइ आफ्नो समस्या मानि सहयोग गर्नु पर्छ। सरकारले उनिहरुको उचित ब्यवस्था गर्न सक्नु पर्छ। अर्काको रोजिरोटि खोस्नु हुदैनन काठमाडौ लगाएत देशका अन्य ठाउँमा फुटपाठ ब्यापार गरेर बसेकाको पनि उचित पर्दन गर्न सक्नु पर्छ। उनिहरुलाइ जथाभाविरुपमा प्रहरीको बलजफस्ति रुपमा उनीहरुलाइ उठाउनु हुदैन । त्यसैले नया नेपालको नयाँ सरकारले यि सबै समस्याको बेलैमा समाधान गरी नेपाली जनतालाइ स्वतन्त्र रुपमा बाच्ने अधिकार सुनिच्ति गर्नु पर्छ यहिनै दिपावलीको हार्दिक शुभकामना छ।
|
|
|
|
|