3:04 AM Jun. 6, 2008 - 1 comments - [ post comment ]

मनको वुरा खोतलेर गिज्यायौ र म रोएँ ।

आँखाबाट आँसु खसालेर भिजायौ र म रोएँ ।

 

छातीमा छन् समर्पण र त्यागका कथाहरु

ती स्मृतिहरु बिस्वुनसरी पिषजायौ र म रोएँ ।

 

आफन्त हँु भनेर मैले मुटुमा बास मागेँ

आज पराईलाई मात्र रिझायौ र म रोएँ ।

 

कति सपना साँचेकोथें यति लामो जीवनमा

मर्ममा चोट हानेर खिज्यायौ र म रोएँ ।

 

कोमल फूल बनेर वसन्तमा तिमी फुलेकी थियौ

आज कसिङ्गर भै आँखामा बिजायौ र म रोएँ

////////////////////////////////////////////////

3:02 AM Jun. 6, 2008 - 0 comments - [ post comment ]
तिमीले भुलेका कथा आज फेरि पल्र्टाई हेरेँ
बिदाबारी हुने तिमी सँग आँखा यसो अल्झाई हेरेँ ।

केही मैले बोल्दा अघाएर मुखै अन्त फिराउँथ्यौ,
जतासुकै फिर्नु तिमी अब आफूलाई पन्र्छाई हेरेँ ।

न पर्खिएँ मैले न तिमीले थोरै समय दियौ,
बाँकी के नै अब छ र मोह सारा सल्काई हेरेँ ।

धारिला तिनै आँखाबाट दियौ जेजे पिएँ सबै,
पुग्यो यसैको नशाले मनैसम्म मत्याई हेरेँ ।

गयौ जब घुम्तीनेर नसोचेको सबै मलाई भयो,
मरिसकेँ कि थाहा पाउन आफैलाई हल्लाई हेरेँ
/////////////////////////////////
2:06 AM May. 30, 2008 - 0 comments - [ post comment ]
हारे पनि खेल्नु पर्ने खेल हो जिन्दकी।
दु:ख सुख अौने जाने रेल हो जिन्दकि।।
शायद तिमीले त भुलिसकेकी छौ हौली त्यो बसन्त को अगाबै लालिगुरासका फुल हरुले भञ्ज्याङ अनी देउराली डाँडा किरिमिरी बनाएको बेला धौलागिरी को चिसो पबनले बिस्तारै ब्रीक्षेहरु लप्काउदै मुस्कुराएको बेला तिमी पनि लपक्क लप्काउदै मेरो छाती मा टासिएको पल मेरो स्पन्दन को आवाजले तिमी खुतुतु हाँसेकी थियौ। तर किन किन आजकाल तिम्रो मुटु मलाई दुख्न्न थालेको छ।
शायद तिम्रो मुटु रोगी रहेछ। मेरो मुटु त पक्कै तिमीलाई दुखेको छैन होला।किन भने मेरो मुटु रोगी हुनै सक्दैन
तर आज प्रेमका निपूर्ण सर्जन हरुले तिम्रो मुटु सल्यकृया गरी हेरिरहेका छन।
तिमीले अन्जान मा खाएका अबिस्मरणीय प्रेमका कसम हरु बाध्यताको फोसफरस्ले फटाफट निकाल्दै छन।
प्रेम को  अपरेसन थिएटर मा राखिएको ज्युदो मुर्दा प्रेमी म बेहोस् भएर पनि पिडा अनभुत गरिराखेको छु।
अब त पक्कै डाक्टरहरु बिबसताको कठोर रसिले मुटुमा फटाफट टाका मार्नेछनशायद भोलिदेखित निस्चएपनी प्रेम बिरुध लड्ने एन्टिबायोटिक अनी चर्हाएको घाऊ लाई सितल बनाउदै बर्तमान सँग रमाउने मलम पनि दिन्छन होला। मलाई लाग्छ निकट दिन हरुमा प्रेम हस्पिटल बाट डिस्चार्ज गरिने छ तेसपछी डाक्टर हरु भन्ने छन हेर भाई अब तिमीलाई कुनै पनि प्रेम रोग ले गाल्ने छैन।
अब नत माघ लाग्छ न कुनै लाली गुरास फुल्ने छन नत तिमीलाई पर्खिबस्नु पर्ने छ।गार्हो हुन्छ एक्लाई हिंड्न भन्ने गर्थियौ एकैपटक फर्केर हेरततिमीले जस्तो छोडेकिथियौ म उस्तै छु अनी हिडिरहेको छु।
यतिमात्र फरक छ कि म बेहोसी मा नै हिंड्ने गरेको छु
तेजिन्द्र जिसी