12:39 AM Jun. 11, 2008 - 0 comments - [ post comment ]

Myagdi /  हिमालपारिको जिल्ला मुसताङ्गमा अझै पनि मुखीया प्रथा कायमै रहेको छ ।

नेपालमा रहेको पाचायती ब्यबस्थामा रहेको प्रधानपाच जस्तै मुखिया पनि एउटा रहेको मुस्ताङ्गी बताउछन् । गाउँस्तरमा सामाजिक कामकाजलाई सुचारुरुपले अगाडि बढाउने अगुवा ब्यक्ती नै यहाँको मुखीया हो । गाउ स्तरमा भएका हरेका समस्यालाई मुखियालेनै सुल्झाउने गरेको पाईन्छ । मुखिया संगै मुस्ताङ्गमा कटुवाल प्रथा पनि यथाबतनै रहेको छ । मुखियाको आदेशमा बैठक बोलाउने काममा कटुवाल खट्ने गरेके पाईन्छ । मुखियाको आदेसमा कटुवालले बोलाउदा नआएमा मुस्ताङ्गमा छेपाजरीवाना गर्ने गरीन्छ ।

मुस्ताङ्गी राजा जिग्मे परवल बिष्टको पुस्ता पनि मुखिया रहेको स्थानिय बुढा पाका भन्ने गर्छन् । चैधौ सताब्दी देखी मुस्ताङ्गको लोमन्थाङमा राजकाज चलाउन थालेपछि कालन्तरमा राजाको उपाधि पाएको बताईन्छ । लोमन्थाङ्गको पहिलो राजा अभिपाल तिब्बत यारलुङ मुखियाका छोरा रहेको बताईन्छ । यसले तिब्बत हुदै तल्लो मुस्ताङ्ग सम्म मुखिया प्रथाले ब्यापकता पाएको देखिन्छ ।

मुस्ताङ्गमा रहेको मुखिया प्रथालाई जुनसुकै ब्यबस्था आए पनि खासै फरक पारेको देखिदैन । पाचायत कालमा पनि प्रधानपाच भएको बेलामा मुखियाकै बोलबाला थियो । बहुदल आए पछि गाबिस अध्यक्ष भए पनि मुखियाको अधिकारमा कुनै कटौति भएन । स्थानिय निकाय बिहीन भएको अबस्थामा पनि मुखियाकै नेतृत्वमा सबै काम हुने गरेको छ । यहाँ सम्मकी गाउमा आउने बिकासको बजेट समेत मुखियाको प्रत्यक्ष निगरानीमा हुने गरेको छ । मुस्ताङ्गको सदरमुकाम रहेको गाबिस जोमसोममा अहिले मिमबहादुर थकाली मुखिया रहेका छन् ।

गाउँमा मुखियाको आफ्नै कानुन रहेको पाईन्छ । उनिहरुको कानुन भनेको स्थानीयको दैनिक कामगाज एबं ब्यबहारीक जिबनमा आई पर्ने कठिनाईहरु कसरी समाधान गर्न सकिन्छ भन्ने ने रहेको जोमसोमका मुखिया मिमबहादुर थकालीको धारणा छ । sharley gautam beni

9:47 PM Jun. 4, 2008 - 0 comments - [ post comment ]

alt

पर्यटकीय गन्तव्यको रुपमा चर्चित ठमेल क्षेत्रमा पछिल्लो समय केही अपराधिक मनोबृत्तिका घटनामा बृद्धि भएको र त्यसबाट रात्रि मनोरञ्जनको व्यवसाय प्रत्यक्ष रुपमा प्रभावित भएको कुरालाई दृष्टिगत गर्दै सो क्षेत्रमा सञ्चालित डान्स रेस्टुरेन्ट एन्ड बार व्यवसायीहरुको बैठक जेठ २० गते सोमबारका दिन ठमेलमा सम्पन्न भएकाे छ ।

ठमेल-दरबारमार्ग क्षेत्रका ६० वटा डान्स रेस्टुरेन्ट एण्ड बार व्यवसायीको उपस्थितिबीच सम्पन्न उक्त बैठकको अध्यक्षता नेपाल डान्स रेस्टुरेन्ट एन्ड बार व्यवसायी संघका अध्यक्ष समिर गुरुङले गर्नुभएको थियो ।

बैठकले विभिन्न डान्स रेस्टुरेन्टहरुमा गएका ग्राहकहरुलाई उनीहरुले अर्डर गरेभन्दा निक्कै बढी बिल बनाउने तथा रकम दिन आनाकानी गरेमा कुटपिट गर्ने कार्यमा संलग्न डान्स रेस्टुरेन्टका सञ्चालक तथा मुख्य मुख्य स्टाफहरुलाई व्यवसायीहरुकै पहलमा कारवाही गरिने छ । त्यसबमोजित पहिलोपटक त्यस्तो कार्य गर्ने डान्स रेस्टुरेन्ट व्यवसायी र मुख्य मुख्य स्टाफलाई पक्राउ गरी प्रहरीमा बुझाउने र र्सार्वजनिक अपराध ऐनअनुसार पूरै सजायका लागि जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीमा व्यवसायीहरुले नै पहल गर्ने कुरामा निर्णय गरेको छ ।

दोस्रो पटक पुनः त्यस्तै कार्य दोहोरिएमा प्रचलित कानुनअनुसार रेस्टुरेन्ट बन्द गराउनका लागि व्यवसायीहरुले पहल गर्ने, पुनः तेस्रोपटक त्यस्तो कार्य भएमा त्यस्ता डान्स रेस्टुरेन्ट व्यवसायीलाई यस व्यवसायबाट निरुत्साहित गराइने जारी विज्ञप्तिमा जनाइएको छ ।

एक डान्स रेस्टुरेन्टमा पेश्की रकम लिएर अन्य रेस्टुरेन्टमा काम गर्न जाने स्टाफहरुको हकमा कडाइका साथ करारनामा प्रथा लागू गर्ने र बैठकमा ठेक्कामा डान्स रेस्टुरेन्ट सञ्चालन गर्न दिँदा भारी मात्रामा विकृति आएको, त्यसबाट सामाजिक सुरक्षामा पनि प्रश्न खडा भएको कारण असार १ गते बस्ने बैठकले त्यस विषयमा ठोस निर्णय गर्नेबारे पनि छलफल भएको छ ।

यस्तो अवस्थामा अब तपाइँ मनोरञ्जनका लागि विभिन्न डान्स रेष्टुराँ छिर्नु भएको छ भने आउँदो असार १ गतेदेखि नठगिने प्रबल सम्भावना रहेको छ ।

9:30 PM Jun. 4, 2008 - 0 comments - [ post comment ]
 
alt

हङकङको प्रसिद्ध टापु सेन्ट्रलस्थित १५औं तल्लाको एउटा फ्ल्याटमा नेपाली झन्डा फहराइएको गलैंचा ओछ्याइएको सो कोठाभित्र हट्टाकट्टा व्यक्ति जीवन राई देखिन्छन् जीवनको भागदौडमा आफ्नो जन्मभूमि नेपाल छोडेर हङकङ आइपुगेका उनी सोही फ्ल्याटका मालिक भएका छन् तीन वटा बेडरुमसहितको घरमा बस्न पाउँदा उनी आनन्दले प्रफुलित छन् जीवन भन्छन्- नेपाल छोड्ने बेला समुद्रपारिको यो शहरमा आफ्नै फ्ल्याट होला भन्ने सोचेकै थिइन्

उनले ६० लाख हङकङ डलरमा उक्त फ्ल्याट किनेका हुन् उनीजस्तै केही नेपालीको आफ्नै फ्ल्याट भने धेरै जसो नेपाली बहालमा फ्ल्याट लिएर बसेका छन् परिवारसहित बस्नेलाई फ्ल्याट नभइनहुने रहेछ उनले भने २० वर्षजति ब्रिटिस सेनामा सेवा गरेवापत १० वर्षअघि नै सपरिवार हङकङ आएका उनी अहिले नाम, दाम सबै थोक भए पनि आफ्नो विगतको संघर्षमय दिन बिर्सन चाहँदैनन्

केही नेपालीले कार पनि किनेका छन् उनीहरु आफ्नो काममा जाँदा कारमा हुइँकिन्छन् करिब एक दशकदेखि हङकङमा बस्दै आएका श्याम राई भन्छन्- यहाँ डलर कमाउन सजिलो तर बचाउन गाह्रो बरु यता अलिअलि बचाएको पैसा नेपाल पठाउन सकियो भने त्यहाँ घर किन्न सक्ने अवस्था हुन्छ