|
 |
हङकङकमा नेपाली जीवनशैली
9:30 PM on Jun. 4, 2008
| | | |  | हङकङको प्रसिद्ध टापु सेन्ट्रलस्थित १५औं तल्लाको एउटा फ्ल्याटमा नेपाली झन्डा फहराइएको छ । गलैंचा ओछ्याइएको सो कोठाभित्र हट्टाकट्टा व्यक्ति जीवन राई देखिन्छन् । जीवनको भागदौडमा आफ्नो जन्मभूमि नेपाल छोडेर हङकङ आइपुगेका उनी सोही फ्ल्याटका मालिक भएका छन् । तीन वटा बेडरुमसहितको घरमा बस्न पाउँदा उनी आनन्दले प्रफुलित छन् । जीवन भन्छन्- ‘नेपाल छोड्ने बेला समुद्रपारिको यो शहरमा आफ्नै फ्ल्याट होला भन्ने सोचेकै थिइन् ।’ उनले ६० लाख हङकङ डलरमा उक्त फ्ल्याट किनेका हुन् । उनीजस्तै केही नेपालीको आफ्नै फ्ल्याट छ भने धेरै जसो नेपाली बहालमा फ्ल्याट लिएर बसेका छन् । परिवारसहित बस्नेलाई फ्ल्याट नभइनहुने रहेछ उनले भने । २० वर्षजति ब्रिटिस सेनामा सेवा गरेवापत १० वर्षअघि नै सपरिवार हङकङ आएका उनी अहिले नाम, दाम सबै थोक भए पनि आफ्नो विगतको संघर्षमय दिन बिर्सन चाहँदैनन् । केही नेपालीले कार पनि किनेका छन् । उनीहरु आफ्नो काममा जाँदा कारमा हुइँकिन्छन् । करिब एक दशकदेखि हङकङमा बस्दै आएका श्याम राई भन्छन्- ‘यहाँ डलर कमाउन सजिलो छ तर बचाउन गाह्रो । बरु यता अलिअलि बचाएको पैसा नेपाल पठाउन सकियो भने त्यहाँ घर किन्न सक्ने अवस्था हुन्छ ।’ addthis_pub = 'hari22';
Back to sharley's Blog
Report Inappropriate Content
|
|
|
|
|
| |